नेकपाको चियापान कार्यक्रम चियापान : नेता–कार्यकर्ता, कुटनीतिक नियोगका प्रमुखदेखि सर्बसाधरण सहभागी हुदै

राजनीति समाचार

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले शनिबार चियापान कार्यक्रम आयोजना गर्दैछ । कार्यक्रममा नेता–कार्यकर्ता, कुटनीतिक नियोगका प्रमुखदेखि सर्बसाधरण सहभागी हुदैछन ।

शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा ५० हजार जनालाई नेकपाले निम्तो गरेको छ। राजनीतिक दलका नेता, मन्त्रीहरु, सांसदहरु, संवैधानिक अंगका पदाधिकारीहरु उपस्थित हुनेछन् । पार्टीले सरकारी, सुरक्षा निकायका पदाधिकारीलाई पनि निम्तो गरेको छ।

पार्टी एकतापछि पहिलो पटक विजया दशमी, दीपावली, नेपाल सम्वत् र छठका अवसरमा हुन लागेको चियापान कार्यक्रम भृकुटीमण्डपस्थित बगैँचामा हुँदैछ।

सर्वसाधारणलाई १२ देखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ भने उच्च पदस्थ व्यक्तिहरु भने ३ बजेपछि ५ बजेसम्म सहभागी हुनेछन्।

यसअघि पार्टी एकता हुनुभन्दाअघि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले छुट्टाछुट्टै चियापान कार्यक्रम गर्ने गरेका थिए।