काठमाडौंमा ट्रकको ठक्करले हजुरआमा र नातिको मृत्यु

मुख्य खबर

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका ५ लोलाङ हाइटमा भएको सबारी दुर्घटनामा दुई पैदलयात्रीको मृत्यु भएको छ । शुक्रबार ट्रकको ठक्करबाट दुई पैदलयात्रीको मृत्यु भएको हो ।

लोलाङ हाइटबाट बालाजुतर्फ जादै गरेको ना ६ क ७८२६ नम्बरको ट्रकले पैदलयात्री अन्दाजी ६० वर्षकी तिलकुमारी तिवारी र उनका नाति ४ वर्षका आर्जित तिवारीलाई ठक्कर दिँदा उनीहरुको मृत्यु भएको हो ।