डा. बाबुराम भट्टराईले गरे नेकपाको चियापान कार्यक्रम बहिस्कार

मुख्य खबर राजनीति

काठमाडौं । सत्तारुढ दल नेकपाले आयोजना गर्न लागेको चियापान कार्यक्रम नयाँ शक्ति नेपालका संयोजक डा। बाबुराम भट्टराईले बहिस्कार गर्ने भएका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका डा। भट्टराईले चियापान कार्यक्रममा लाग्ने खर्च कुनै उत्पादनको क्षेत्रमा लगानी गरेको भए राम्रो हुने बताएका छन् ।

‘सत्तासीन कमरेडहरू, एउटै खाममा ४ वटा शुभकामना र निमन्त्रणा कार्ड पठाउनुभएकोमा धन्यवाद १तपाईंहरू सबैको भलो होस्, हाम्रो पनि शुभकामना १ गरीब देशको सर्वहारावर्गको दुहाइ दिने पार्टीले ५० हजारलाई भोज ख्वाउने खर्च कुनै उत्पादनको क्षेत्रमा लगानी गरेको भए राम्रो हुन्थ्यो कि रु त्यसैले म आउन सकिनँ १ जय होस् ।’ ट्वीटरमार्फत् डा। भट्टराईले भनेका छन् ।