बोलेरोको ठक्करबाट एकको मृत्यु

समाचार समाज

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डस्थित गाईघाटमा शुक्रबार राती बोलेरोको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका–२९ मा बोलेरोले पैदलयात्रीलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो । उपचारका क्रममा अस्पतालतर्फ ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

मृतक अन्दाजी ४० वर्षका भएको र उनको सनाखत हुननसकेको प्रहरीले जनाएको छ । कुखुरा बोक्ने सोतो रङ्गको बोलेरोले पैदलयात्रीलाई ठक्कर दिएको थियो । ठक्कर दिने बोलेरो र चालक फरार रहेकाले उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।