आमाले खुवाएको विषले बालकको मृत्यु

समाचार समाज

दुल्लु । दैलेखको महावु गाउँपालिका–१ बाँसीमा एक महिलाले आफ्नै नाबालक छोराहरुलाई विषादी खुवाएकी छिन् ।

आमाले आफ्नै छोरालाई विष खुवाउँदा नाबालक छोराको मृत्यु भएको छ ।आमाले आफ्नै छोरालाई विषसेवन गराउँदा सात वर्षीया बालक आयूष नेपालीको मृत्यु भएको छ । अन्दाजी २४ वर्षीया कल्पना नेपालीले आफ्ना दुई छोरासहित आफूले पनि विषसेवन गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए ।

आयूषको उपचारको क्रममा निधन भएको प्रहरी प्रमुख पोखरेलले जानकारी दिए । विषसेवन गरेका आमा कल्पना नेपाली र छ महिनाका अर्का छोरा अङ्कित नेपालीको अवस्था गम्भीर छ । उनीहरुको जिल्ला स्वास्थ्य कार्यालय दैलेखमा उपचार भइरहेको छ ।