प्रधानमन्त्री ओली अस्वस्थ

राजनीति

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । रुघाखोकीले सताएपछि उनी शनिबार आयोजित नेकपाको चियापान कार्यक्रममा सहभागी हुन सकेनन् ।

अस्वस्थ महशुस गरेपछि प्रधानमन्त्री ओलाीलाई शनिबार नै महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोभास्कुलर सेन्टर लगिएको थियो। संक्रमण बढ्ने सम्भावना भएपछि चिकित्सकले ओलाीलाई आराम गर्न सुझाव दिएका छन्।

मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको रोग प्रतिरोधात्मक क्षमतामा कमी आएको जनाइएको छ ।