शान्ति र सुरक्षित समाजका लागि प्रहरी साझेदारी कार्यक्रम सुरु

समाचार

काठमाडौं । नेपाल प्रहरीले ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम सञ्चालन गरेको छ । सुरक्षित समाज निर्माण गर्ने अभिप्रायका साथ नेपाल प्रहरीले आइतबारबाट राष्ट्रव्यापी रुपमा ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम सञ्चालन गरेको हो ।

गृहमन्त्री रामबहादुर थापाले एक समारोहका बीच आईतबार कार्यक्रमको शुभारम्भ गरे । कार्यक्रमले मुलुकलाई समृद्ध बनाउन सहयोग पुग्ने गृहमन्त्रीले विश्वास गरे । शान्तिपूर्ण र सुरक्षित समाजका लागि सो कार्यक्रम ऐतिहासिक हुने गृहमन्त्री थापाले बताए । सो अवसरमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समाजमा दिगो शान्ति स्थापना गर्ने उदेश्यका साथ सो कार्यक्रम सञ्चालन गरिएको बताए ।