इन्डोनेशियामा एक सय ८८ यात्रु सबार विमान समुद्रमा खस्यो

अन्तर्राष्ट्रिय

बीबीसी । लायन एयरको बोइङ ७३७ यात्रुवाहक विमान जकार्ताबाट उड्नासाथ खसेको इन्डोनेशियाका अधिकारीहरूले बताएका छन्। उडान नं. जेटी-६१० जकार्ताबाट पाङ्काल पिनाङका लागि गइरहेको थियो।

उडेको केही मिनेटपछि समुद्र माथिबाट कट्न लागेका बेला सो हवाईजहाजसँग सम्पर्क टुटेको थियो।

सो हवाईजहाजमा एक सय ८८ जना रहेको बताइएको छ। तीमध्ये १७८ वयस्क, एक शिशु, दुई बालबालिका, दुई पाइलट तथा पाँच चालकदलका सहयोगी सदस्य रहेको बताइएको छ।