अस्पतालले भन्यो– प्रधानमन्त्रीको छातीमा संक्रमण, चिनीको मात्रा असन्तुलित

राजनीति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ । प्रधानमन्त्रीको उपचारका लागि खटिएको चिकित्सक टोलीमा रहेका डा. दिव्या सिंह, डा. अरुण सायमि र डा. उत्तमकृष्ण श्रेष्ठले आज बिहान स्वास्थ्य स्थितिबारे ब्रिफिङ  गरे।

चिकित्सकहरुका अनुसार ओलीको छातीमा संक्रमण बढ्नुका साथै सुगरको मात्रा समेत बढेका कारण स्वास्थ्यमा समस्या देखिएको हो।