गोरूसिंगेमा बस र टिपर ठोक्किँदा तीन जनाको मृत्यु

समाज

कपिलबस्तु । गोरूसिंगे जंगलमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।  दुर्घटनामा गढवा गाउँपालिका वडा नं। ४ निवासी  २५ वर्षीया पूजा सुनार र सोही गाउँपालिका वडा नं। ६ निवासी ४ वर्षीय सुशान्त सुनारको उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनामा  अन्दाजी ४०र४५ वर्षका  पुरूषको पनि मृत्यु भएको छ। तर उनको सनाखद हुन नसकेको जनाइएको छ ।
दाङबाट बुटवलतर्फ जाँदै गरेको ना ६ ख २५०० नं। को बस र पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको  लु २ ख १४७७ नं। टिपरसँग सोमबार दिउँसो २ बजेर २० मिनेट जाँदा कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं।–२ गोरुसिंगेको जंगलमा ठोक्किँदा उक्त दुर्घटना भएको थियो।