वडाध्यक्षमाथि आक्रमणः खुट्टा भाँचियो, मोवाइल र सिक्री लुटियो

राजनीति समाचार

सर्लाही ।  रामनगर गाउँपालिका–४ का वडाध्यक्ष रामनरेश महतो माथि एक समूहले आक्रमण गरेका छ । सोमबार वडा कार्यालय जाँदै गर्दा रामनगर–४ उपेन्द्र रायको घरमा बसेका १५२० जनाको समूहले आफूमाथि आक्रमण गरेको उनले  बताए ।

आक्रमणबाट वडाध्यक्ष महतोलाई टाउकोमा गहिरो चोट लागेको छ भने उहाँको बायाँ खुट्टा भाँच्चिएको छ । उनको सर्लाही अस्पताल मलङ्गवामा उपचार भइरहेको छ । स्थानीय श्रीनारायण राय र धरमेन्द्र साहको नेतृत्वमा आएका व्यक्तिले आक्रमण गरेको उनले बताए । आक्रमणकारीले वडाध्यक्षले प्रयोग गरेको मोटरसाइकसमेत तोडफोड गरेका छन् ।

उनको साथमा रहेको नगद, मोबाइल र सुनको हनुमानी समेत लुटी लगेको घाइते महतोले बताउनुभयो । उनी नेपाली काङ्ग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए  । घटनामा संलग्नको खोजी तथा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए  ।