प्रधानमन्त्रीसँगको भेटघाटमा रोक

राजनीति समाचार

काठमान्डौं ।शिक्षण अस्पतालले प्रधानमन्त्रीसँगको भेटघाटमा रोक लगाएको छ। धेरै व्यक्तिसँगको सम्पर्कले संक्रमण बढ्न सक्ने बताउँदै अस्पतालले प्रधानमन्त्रीसँगको भेटघाटमा रोक लगाएको हो। उपचारमा संलग्न चिकित्सकहरुले प्रधानमन्त्रीको स्वास्थ्यमा थप संक्रमण हुन सक्ने जनाउँदै मंगलबार अपराहृनबाट भेटघाटमा रोक लगाएको बताएका छन् ।

मंगलबार दिउँसो अस्पतालले एक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्रीलाई स्वास्थ्य लाभ गराउन आफुहरुको पहिलो प्राथमिकता रहेको बताएको छ ।