काठमाडौँबाट ५ केजी चरेशसहित चारजना पक्राउ

समाज

काठमाडौं । काठमाडौंको थानकोटबाट प्रहरीले पाँच केजी चरेशसहित चार जनालाई पक्राउ गरेको छ। चन्द्रगिरी नगरपालिका–१२ गुर्जुधाराबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा धादिङ्ग गजुरी गाउँपालिका ८ का १८ वर्षीय दिनेश तामाङ,  सोही ठाउँका१८ वर्षीय विक्रम लोप्चन,  १८ वर्षकै रामबहादुर लोप्चन र २७ वर्षीय बिकास तामाङ छन्।

उनीहरुको साथबाट प्रहरीले ५ केजी ६० ग्राम चरेश बरामद गरेको छ। घटनास्थल प्रहरी वृत्त थानकोटबाट १ किमी पूर्वमा पर्छ।