गुजरातमा विश्वकै अग्लो स्मारक

अन्तर्राष्ट्रिय

भारतको गुजरातमा विश्वकै सबैभन्दा अगलो स्मारक निर्माण गरिएको छ ।स्मारक भारतीय स्वतन्त्रता सेनानी वल्लभ भाई पटेलको हो ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार एक कार्यक्रमबीच सो स्मारकको अनाबरण गरे । सो स्मारक करिब चार वर्ष लगाएर निर्माण गरिएको हो । स्मारकको निर्माण यसै महिना सम्पन्न भएको थियो । १८२ मीटर (६०० फिट) को सो स्मारकलाई विश्वकै सबैभन्दा अग्लो बताइएको छ । स्मारक निर्माणका लागि करिब ३० अर्ब भारतीय रुपैयाँ खर्च लागेको बताइएको छ ।

एकता स्मारक नाम दिइएको सो शालिक निर्माण गर्न सरकारले सर्बसाधरणको धेरै जग्गा अधिग्रहण गरेको स्थानीयले गुनासो गर्दै आएका थिए । उनीहरुले लामो समयदेखि  सरकारसँग  क्षतिपूर्ती माग गरेका छन् । कतिपयले आफूहरुलाई आवश्यक क्षतिपूर्ती नदिएको गुनसो गरेका छन । जग्गाको मुल्य अनुसारको क्षतिपूर्ती सरकारले नदिएकोले आफूहरुले विरोध गरेको स्थानीयले बताएका छन् ।