स्याङ्जामा आजबाट प्याराग्लाइडिङ वल्र्डकप

खेलकुद

काठमाडौं । स्याङ्जामा आजबाट प्याराग्लाइडिङ वल्र्डकप खेल शुरु भइरहेको छ  । स्याङ्जाको स्वरेक मैदान  र डौंवाफाँटमा पहिलोपटक प्याराग्लाइडिङ एक्कुरेसी वल्र्डकप–२०१८ हुन लागेको हो । प्रतियोगिता कात्तिक १५ देखि १८ सम्म सञ्चालन हुनेछ । प्रतियोगिताको पहिलो दिन बिहीबार अभ्यास खेल मात्र हुने आयोजकले जनाएका छन् ।

नेपाल प्याराग्लाइडिङ तथा ह्याण्ड ग्लाइडिङ संघ ९नेफा०, नेपाल हवाई खेलकुद संस्था, बाबु एड्भेन्चर क्लब स्याङ्जाको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा महिला पुरुष दुवै इभेन्टमा प्रतिष्पर्धा हुनेछ ।