भौतिक पूर्वाधार तथा विकासमन्त्री केशव स्थापित बर्खास्त

राजनीति

काठमान्डौं । ३ नम्बर प्रदेश सरकारका मुख्यमन्त्री डोरमणी पौडेलले भौतिक पूर्वाधार तथा विकासमन्त्री केशव स्थापितलाई बर्खास्त गरेका छन् ।

मुख्यमन्त्री पौडेलले संविधानको धारा १६९ को उपाधार २ को खण्ड ख अनुसार स्थापितलाई शुक्रबार बर्खास्त गरेका हुन् । स्थापितलाई दिएको मन्त्रालय मुख्यमन्त्री आफैंले सम्हालेका छन् ।

स्थापित केही दिनदेखि विवादमा तानिएका थिए । स्थापितमाथि काठमाडौं महानगरपालिकाको प्रमुख हुँदा यौन दुव्र्यवहार गरेको आरोप लागेको थियो .