प्रथम दक्षिण एसियाली शारीरिक सुगठन काठमाडौंमा हुदै, आयोजक समिति गठन

खेलकुद

काठमाडौं,  प्रथम दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिता नेपालमा हुने भएको छ । एसियन फेडरेसन अफ बडी बिल्डिङ एण्ड फिटनेशको आयोजनामा दक्षिण एसियाली क्षेत्रको आठ मुलुकको सहभागितामा प्रतियोगिता हुन लागेको हो । यहि आउँदो मंसिर ७ देखि ९ गतेसम्म हुने प्रतियोगितामा दक्षिण एसियाका आठ वटै मुलुकका खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको एक्सक्लुसिभ रिप्रेजेन्टेटिभ नेप्लिज फेडरेशन अफ बडीविल्डिग एण्ड फिटनेस (एनएफबिएफ) को विहिबार काठमाडौंको  लाजिम्पाट स्थित होटल ली हिमालयमा बसेको बैठकले प्रतियोगिता सम्पन्न गर्न १९ सदस्यिय मूल आयोजक समिति गठन गरेको हो । एनएफबिएफ अध्यक्ष शिव लामिछानेको संयोजकत्वमा गठित समितिको उपाध्यक्षमा रण बहादुर थेवे, उपाध्यक्ष एवं कोषाध्यक्षमा रविन्द्र श्रेष्ठ, सदस्य सचिवमा लोकेन्द्र परियार, सहकोषाध्यक्षमा रेणुका श्रेष्ठ र सहसचिवमा नरेश मल्ल रहनु भएको छ । यस्तै आयोजक समितिको प्रेस सल्लाहाकारमा सुशील पाण्डे, कानुनी सल्लाहाकारमा कुमार भट्टराई र अनुप प्रकाश र सुदिल शाही सल्लाहाकार रहनु भएको छ । यस्तै सदस्यहरुमा पवन डंगोल, रुपेन्द्र गुरुगं, रोशन महर्जन, राजेशरत्न बज्राचार्य, रमेश श्रेष्ठ, सम्राट सापकोटा, विक्रम लिम्बु, निशा राई र राजेन्द्र तुलाधर रहनु भएको छ ।

प्रतियोगितासँगै दक्षिण एसियाली क्षेत्रको आठवटै मु्लुकको साझा संगठन साउथ एसियन फेडरेसन अफ बडिबिल्डिगं एण्ड फिटनेश पनि गठन हुनेछ ।