मुख्यमन्त्री राई उपचारका लागि थाइल्याण्ड प्रस्थान, निजी खर्चमा उपचार गर्ने

राजनीति विशेष खबर

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई स्वास्थ्य उपचारका लागि शुक्रबार थाइल्याण्ड प्रस्थान गरेका छन् । उनले निजी खर्चमा नै उपचार गर्न त्यसतर्फ गएको बताएका छन् ।

उनी नेपाल वायु सेवा निगमको जहाजबाट उपचारका लागि दिउँसो २ बजे थाइल्याण्ड प्रस्थान गरेका हुन् ।

२ वर्षदेखि घाँटीको समस्याबाट पीडित मुख्यमन्त्री राईले स्वदेशका अस्पतालमा उपचार गराउँदा पनि रोग पत्ता लाग्न नसकेपछि थाइल्याण्ड गएका हुन् ।