प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिनपछि अस्पतालबाट डिस्चार्ज

समाचार

काठमान्डौं । प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिनपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्यमा समस्या आएपछि ओली कात्तिक १२ गते विहान साढे ४ बजे शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।

ओली पूर्ण स्वास्थ्य लाभ गरेर शुक्रबार साँझ सरकारी निवास वालुवाटार फर्किएका उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीलाई छातिमा संक्रमण तथा शरीरमा चिनीको मात्रा असन्तुलित देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।