ओशो तपोवनः जसले मलाई आत्महत्याबाट जोगाएर आनन्दसँग बाँच्न सिकायो

विचार/ब्लग विशेष खबर

-मिना श्रेष्ठ

लेखिका श्रेष्ठ

संसारकै ध्यानीहरुको ध्यानको निम्ति उत्कृष्ट स्थल ओशो तपोबन आज भन्दा २९ बर्ष अगाडि स्थापना भएको थियो । जुन बेला साधारण टिनको छानो मुनि ध्यान गरिन्थ्यो । अहिले २९ बर्षको दौरानमा धेरै बिकास भएको छ । देशका विभिन्न जिल्ला बाट मात्र नभइ संसार भरीकै ओशो सन्यासीहरु ध्यानको निम्तो धाउने गर्छन् ।

संसारकै ध्यानीहरुको ध्यानको निम्ति उत्कृष्ट स्थल ओशो तपोबन आज भन्दा २९ बर्ष अगाडि स्थापना भएको थियो । जुन बेला साधारण टिनको छानो मुनि ध्यान गरिन्थ्यो । अहिले २९ बर्षको दौरानमा धेरै बिकास भएको छ । देशका विभिन्न जिल्ला बाट मात्र नभइ संसार भरीकै ओशो सन्यासीहरु ध्यानको निम्तो धाउने गर्छन् । ओशो तपोबन प्रत्येक दिन योग ,भजन किर्तन ,ध्यान ,अनवरत रूपमा हुँदै आइरहेको धार्मिक केन्द्र हो। यसैगरी यस क्षेत्र मा कृस्ण ,गणेश को मन्दिर ,शिबपुरी बाबाको मन्दिर ,ओशो समाधी पनि यसै धार्मिक क्षेत्र मा रहेको छ । प्रत्येक दिन सयौ ब्यक्ति हरु भाव भक्तिका साथ देश बिदेशका मानिस हरु आयर ध्यान गरीरहेको छन् । यस तपोबन क्षेत्रमा नेपाल सरकारकै सहयोगमा सडक सुधार तथा भुक्षय हुने ठाउँमा तार जाली सुरक्षा पर्खालहरु लगाइदियको छ । धार्मिक बन लाई अझै घना बनाउन रुद्राक्ष ,तेजपत्ता , धुपी ,निलकाडा, असारे आदि रूइयको छ , यसरी यस ओशो तपोबन धार्मिक बन मा सुकेका ,कुहिएको काठहरु बोट बिरुवा लाई हानी पुर्याउने झाडी हरु लाइ हटाइ अन्तर्राष्ट्रिय धार्मिक पर्यटकीय स्थलको रूपमा आकर्षक स्थानको रूपमा बिकास गर्दै लगियको छ । अहिले तपोबनको मातहतमा बिश्व भर २२५ आस्रम भैसकेको छ ।

विश्व भर का ओशो सन्यासीहरुको ध्यान साधना गर्ने तपोभुमि भएको छ । ६० देशका हजारौं ओशो सन्यासीहरु ध्यान सिबिर मा ध्यानमा सहभागी हुन आउछन् । अहिले पनि तपोबन को तीन वटा हलमा तीन प्रकारको ध्यान साधना चलिरहेको छ ,जुन ध्यानमा बिदेशीहरुको सहभागी बढी रहेको छ । ओशोको हेड क्वाटरको रूपमा चिनिन थालेको छ । नेपालको धार्मिक अध्यात्मिक पर्यटन स्थलको रूपमा संसार भर चर्चित छ । तपोबनमा सबै ब्यक्ति र सबै परम्पराको सम्मान हुन्छ । उत्सव यहाँ को जात हो र आनन्द तपोबनको गोत्र हो । यहाँ धर्म, कर्म ,मान्यता भन्दा माथि उठेर प्रत्येक ब्यक्ति को निजता लाई स्वीकार गरीन्छ । यहाँ ध्यान बिधिको त्यति नै प्रयोग हुन्छ जति आधुनिक मनोचिकित्साको । जति भक्तिको त्यति नै ध्यानको ।

बिगत ४८ बर्ष देखि अनवरत रूपमा ओशोको काम बिस्तारमा लागिरहनु भयका बोधिसत्व गुरु स्वामी आनन्द अरुण बर्ष को आधा भन्दा बढी देश बाहिर संसार को १०५ देशमा ओशो सन्यास र ध्यान सिकाउन जानुहुन्छ । नेपाल एक लाख भन्दा बढी र संसार भर विभिन्न देशमा एक लाख बीस हजार भन्दा बढी ब्यक्ति लाई सन्यास दिसक्नु भएको गुरु स्वामी आनन्द अरुण यस ओशो कम्युन तपोबनको आचार्यको दर्शन गर्ने दर्सनार्थिको पनि घुइँचो लाग्ने गर्दछ । यहाँ माछा मासु खान्नन ,यहाँ आउने पर्यटक कम्तीमा एक महिना बस्छन् । धार्मिक पर्यटन स्थल को रूपमा चर्चित भएको छ । आलोचना गर्न सजिलो छ तर काम गर्न गाह्रो छ ।

बुद्धको जन्मस्थल नेपाल हो भन्दै विश्वव्यापी रूपमा सयौं देशहरूमा गएर प्रचारप्रसार गर्ने अग्रणी ब्यक्तित्वको नाम हो स्वामी आनन्द अरुण । “एक सन्यासी पाँच रुख” को स्लोगन पनि अहिले कार्यान्वयनको पक्षमा अगाडि बड्दैछ । हरेक ओशो सन्यासी लाई आफ्नो जन्मदिनको अवसरमा पाँच बिरुवा रोप्ने अभियान चलाउनु भएको छ । देशको सातै प्रदेशमा तनाव ब्यवस्थापन कसरी गर्ने ? भन्ने प्रशिक्षण दियर ,सबैलाई तनाव मुक्त जीवन बाच्न सिकाउने गुरु नेपालले प्राप्त गरेको छ ।

नेपालको ठुलो धनराशि भारतमा तीर्थयात्राको नाममा खर्च हुने गरेको सन्दर्भमा स्वामीजिले नेपालकै धार्मिक स्थल र बुद्ध पुरुषहरूको महिमागान गर्दै सर्वसाधारणमा चेतना अबिवृद्धीको लागि अहोरात्र खटिइरनुभएको छ। बुद्ध पुर्णिमालाई अन्तर्राष्ट्रिय ध्यान दिवसको रूपमा मनाउने प्रस्ताव संयुक्त राष्ट्र संघमा लानुपर्ने बिषयमा नेपाल सरकार संग बारम्बार कुराकानी गरिरहनु भएको छ, यस सम्बन्धमा वर्तमान प्रधानमन्त्री सकारात्मक देखिनु भएको छ। स्वामीजिका उपरोक्त अभियानहरु केही भारतीयहरुको लागि टाउको दुखाइको विषय भएको छ। अहिले उहा विरुद्ध योजनाबद्ध रूपमा नांगो आक्रमण सुरु भएकोछ।

उहा विरुद्ध कपोलकल्पित भ्रमको खेती गरिरहेका छ्न। मेरो गुरु ,म जस्ता लाखौं ओशो सन्यासीका गुरु जसलाई विभिन्न झुठो लान्छना सहित भ्रामक हल्ला फैलाउन खोजियको छ यसले नेपाल का लाखौं सन्यासी र संसार भर का सन्यासी निदाउन सकेका छैनन् । मेरो आफ्नो जिवनमा आफ्नो निजि जीवन देखि जीवन भोगाइका क्रममा विभिन्न परिस्थिति देखि पराजित भयर कैयौंपटक मिर्त्युको छेउमा पुगेर पनि मिर्त्यु बाट फर्कायको छ । जीवन देखि बैराग्य लागेको कुरा सार्वजनिक ग्र्न भन्दा आत्महत्याको बाटो रोजेको मलाई अरुण स्वामिको सन्यासले बचायको छ । सन्यास पछीको जिवनले आँसु पुछेर हास्न सिकायको छ ,आत्महत्याको अबाटो छोडेर पिडा छोडेर आनन्द सग बाच्न सिकायको छ , जीवन देखि बैरागियर मुड अफ भयर होइन ,जिवनका हरेक दिन उत्सब हुन भन्दै नाच्न सिकायको छ । सन्यासले जिवनको उर्जा ल्यायो ,जीवन बचायो, ओशोको बारेमा नथापाउने ले भन्दा पनि ओशो सन्यासीले गुरु बदनाम गर्न खोजे । प्रत्येक दिन छ वटा ध्यान हुने यस ओशो तपोबन मा जसले धेरैको जिवनमा रुपान्तरण गरेको छ ।

अरुको जिवनमा रुपान्तरण ल्याउन आफ्नो जिवनका सबै सुबिधा त्याग गर्नु भएको छ, उहि गुरु प्रति शिर झुकाउदा आफुलाइ आनन्दिन पाउछु ,चाहन्छु मेरो जिवनको अन्तिम सास पनि तपोबन मै फेरु, यो भौतिक शरीर तपोबन मै छोडु …. सन्सार भरिका आध्यात्मिक खोजिहरुको एक मात्र साधनाको केन्द्र तपोबनलाइ जोगाइ सातैओटा प्रदेशमा शुबिधा सम्पन्न ओशो आस्राम निर्माणमा सरकारले सहयोग गरिदिनु पर्छ । साच्चै देशको अग्रगामि बिकाश चाहानेहो भने । राज्यको विभिन्न सम्मान बाट सम्मानित तपोबनका आचार्य बोधिसत्व गुरु स्वामी आनन्द अरुण लाई संसार भर शान्तिको काममा धार्मिक अध्यात्मिक काम मा देश बिदेश यात्रामा कठिनाइ नदिन को लागि रातो पासपोर्ट दियर राज्यले सम्मान पनि दिनुपर्छ । तपोबन धार्मिक पर्यटन स्थल लाई नेपाल सरकारले जोगाउन पर्छ ,तपोबन लाई उचित संरक्षण दिन पर्छ ,तपोबन संसार भरिको अध्यात्मिक केन्द्र हो तपोबन नेपालको गौरव हो ।