ललितपुरका शारीरिक सुगठनका खेलाडीहरु एकै ठाँउमा, दिपावली तथा छठको शुभकामना आदान प्रदान

खेलकुद

ललितपुर ।  ललितपुर जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको आयोजनामा शनिबार  दशै, शुभ दीपावली तथा छठको शुभकामना आदान प्रदान र चियापान कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा ललितपुर जिल्ला भरिका शारीरिक सुगठनका राष्ट्रीय स्तरका खेलाडीहरु, बिभिन्न जिमर व्यायामशालाका प्रतिनिधिको उपस्थिति थियो।

कार्यक्रममा प्रथम मिष्टर नेपाल शिवलाल श्रेष्ठ, प्रथम प्रशिक्षक घनश्याम मुखिया, बुल्समेन तेस्रो संस्करण तथा १५औँ धर्मश्रीका विजेता मिलन सिजापति, पूर्व मिष्टर हिमालयका विजेता सचित प्रधान लगायतका राष्ट्रीय तथा अंतराष्ट्रीय खेलाडीहरुको उपस्थिति रहेको जिल्ला संघका महासचिव रोशन मर्हजनले जानकारी दिए।

आगामी दिनमा ललितपुर जिल्लाब्यापी शारीरिक सुगठनको प्रतियोगिता हुने  जिल्ला संघका अध्यक्ष राजेश रत्न बज्राचार्यले बताए ।

ललितपुरको मंगलबजारमा अवस्थित समझना लेबोरेटरीजका प्रमुख उर्दीप जोशीले ललितपुर जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघ संग सहकार्य गरि खेलाडीहरुको स्वास्थ्य जांच र परिक्षणमा बिशेष सहयोगिको भूमिका खेल्ने बताए । जिल्ला संघले चाडै प्रशिक्षकहरुलाई प्रशिक्षणको शिविर आयोजना गर्ने संघका उपाध्यक्ष डा.रोशन चित्रकारले बताए  ।