पद्मरत्न तुलाधरको निधन

समाचार

काठमाडौं । मानव अधिकारवादी एवं वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको निधन भएको छ ।

उनको ७७ वर्षको उमेरमा काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा आइतबार दिउँसो निधन भएको अस्पतालले बताएको छ । स्वास्थ्यमा समस्या आएपछि उनलाई कात्तिक ९ गते साँझ माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो ।

तुलाधरलाई अकास्मात हृदयघात भएपछि केही दिन अघि अस्पताल पुराइएको थियो ।