आमसभा गरेर विप्लव सार्बजनिक हुने

राजनीति समाचार

काठमाडौं । आउँदो मंसिर ८ गते नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले काठमाडौंमा जनसभा गर्दैछ । उक्त जनसभामा विप्लवले सम्बोधन गर्ने बताइएको छ । अर्थात, केही समयदेखि भूमिगत रहेका विप्लव सोही दिन सार्वजनिक हुँदैछन् ।

त्योभन्दा अगावै विप्लव समूहसँग औपचारिक वार्ता गरी उनीहरुका माग सम्वोधन गर्ने प्रयत्न सरकारले थालेको छ । यसका लागि सोमप्रसाद पाण्डे नेतृत्वको राजनीतिक वार्ता समितिले पहल गरिरहेको छ ।