काठमाडौंमा राति १० बजेपछि देउसी भैलो खेल्न नपाइने

समाज

काठमाडौं । काठमाडौंमा तिहारका बेलामा राति १० बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय र महानगरीय प्रहरी परिसरले १० बजेसम्म मात्र देउसी भैलो खेल्न पाउने गरी समय तोकेका हुन् । देउसीभैलो खेल्ने बाहनामा राति आपराधिक गतिविधि पनि हुन सक्ने आशंका गर्दै प्रशासन र प्रहरीले समय निर्धारण गरेका हुन् ।