आज तिहारको दोस्रो दिन, कुकुरको पूजा गरिँदै

समाचार

काठमाडौं । आज तिहारको दोस्रो दिन, कुकुरको पूजा गरेर कुकुर तिहार मनाइँदैछ ।कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वास छ ।

 कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ ।