बजारमूल्यभन्दा सस्तोमा साल्ट ट्रेडिङले तोक्यो चिनीको भाउ

समाचार

काठमाडौं  । साल्ट ट्रडिङ कर्पोरेसन लिमिटेडले प्रचलित बजार मूल्यभन्दा सस्तो हुनेगरी चिनीको भाउ कायम गरेको छ। लिमिटेडले आफ्नो चिनी प्रतिकिलो ६८ रुपैयाँका दरले बिक्री वितरण थालेको हो ।

यसअघि संस्थानले गत १२ असोजदेखि सञ्चालन गरेको सहुलियत पसलमै चिनीको प्रतिकिलो मूल्य ७६ रुपैयाँ तोकेको थियो। तर, सो मूल्य बजारभाउ भन्दा पनि बढी भएको भन्दै विरोध भएपछि संस्थानले चिनीको बिक्री रोकेको थियो।

प्रतिकिलो ७० रुपैयाँभन्दा बढीमा चिनी बेचे कारबाही गर्ने आपूर्ति मन्त्रालयले चेतावनी दिएपछि संस्थानले बिक्री कार्य रोकेको थियो।