प्रथम दक्षिण एसियाली शारीरिक सुगठनको उपाधि नेपालका उमेश राईलाई

खेलकुद पर्यटन मुख्य खबर समाचार

काठमाण्डौ मङ्सिर ८,
प्रथम दक्षिण एसियाली शारीरिक सुगठन तथा फिटनेस प्रतियोगिता २०७५ काठमाण्डौको राष्ट्रिय सभागृहमा सम्पन्न भएको छ |

एसियाली शारीरिक सुगठन फेडेरेशन(AFBF)को आयोजनामा दक्षिण एसियाका आठ मुलुकका खेलाडीहरुको सहभागितामा पहिलो पटक दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिता सम्पन्न भएको हो | प्रतियोगितामा नेपालका उमेश राई ओभर-अल च्याम्पियनशीपमा आठै देशमा खेलाडीलाई पछी पार्दै प्रथम स्थान हासिल गर्न सफल भए | राई ७५ केजी समुहमा प्रथम स्थान हासिल गर्दै ओभर-अल च्याम्पियनशीपमा प्रथम स्थान हासिल गर्न सफल भएका हुन् |

प्रतियोगिताको ६० केजी वजन समुहमा श्रीलंकाका खेलाडी राजा कुमारनले प्रथम स्थान हासिल गरे भने श्रीलंकाकै कोलिन उदय कुमारनले द्वितीय स्थान हासिल गरे भने नेपालका सुपेन्द्र डंगोलले तृतीय स्थान हासिल गर्न सफल भए | ६५ केजी वजन समुहमा भारतका एस.के. आरिफले प्रथम स्थान हासिल गरे भने नेपालका रोजें बज्राचार्यले द्वितीय र श्रीलंकाका जिजी एन विक्रमले तृतीय स्थान हासिल गरे |

यस्तै ७० केजी वजन समुहमा नेपालका राम बहादुर दाहालले प्रथम स्थान हासिल गरे भने बंगलादेशका खेलाडीहरु एम डी अल अमिन र मिठु चोकदरले क्रमश: द्वितीय र तृतीय स्थान हासिल गरे | यस्तै ७५ केजी वजन समुहमा नेपालका उमेश राईले प्रथम स्थान गरे भने बंगलादेशका खेलाडीद्वय एम डी उद्दीन र अब्बु सैयद मोल्लाले क्रमश: द्वितीय र तृतीय स्थान हासिल गरे | ८० केजी वजन समुहमा भने बंगलादेशका सुमन चन्द्र दासले प्रथम स्थान हासिल गरे र नेपालका खेलाडीद्वय अनुज मास्के तथा ललित धिमालले क्रमश: दोश्रो र तेश्रो स्थान हासिल गरे |

पुरुषहरुको १ सय ७१ सेन्टिमिटर भन्दा तलको उचाई समुहको फिसिक्स क्याटागोरीमा बंगलादेशका खेलाडीद्वय एम डी इम्रानुल र अरिफ चौधरी अपुले क्रमश प्रथम तथा द्वितीय स्थान हासिल गरे भने नेपालका पारस ताम्राकारले तृतीय स्थान हासिल गरे | यस्तै पुरुषहरुकै १ सय ७१ सेन्टिमिटर भन्दा माथिको उचाई समुहमा नेपालका रमेश श्रेष्ठले प्रथम स्थान हासिल गरे भने नेपालकै सम्यक उदास र बिनोद परियारले क्रमश द्वितीय र तृतीय स्थान हासिल गरे |

महिला बडी फिटनेसमा नेपालकी शोभा मानन्धरले पहिलो स्थान र नेपालकै पुजा गुरुङ्ग, पम्फा राई, र पुजा श्रेष्ठले क्रमश: दोश्रो, तेश्रो र चौथो हासिल गरे |

 

sdr