केकीको ‘कोहलपुर एक्सप्रेस’पछि ‘कन्याकुमारी’

समाचार

नायिका केकी अधिकारीले यो बर्ष रिलिज भएको कमेडी चलचित्र ‘कोहलपुर एक्सप्रेस’पछि नयाँ चलचित्र निर्माण गर्ने तयारी गरेकी छिन् । केकीले निर्माण गर्न लागेको नयाँ चलचित्रको नाम ‘कन्याकुमारी’ राखिएको छ ।

यो चलचित्रलाई विशाल भण्डारीले नै निर्देशन गर्दैछन् । चलचित्रको अहिले कथा लेख्ने काम भैरहेको छ ।